सुदूरपश्चिममा थप ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि

कैलालीमा सबै भन्दा बढी ५१ जना थपिए
Corona Update
कोरोना सङ्क्रमण
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिममा आज थप ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलाली,डडेलधुरा र बझाङमा भएको परीक्षणमा ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

कैलालीमा सबै भन्दा बढी ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५१ सहित ७२ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । पछिल्लो २४ घण्टामा पाँच सय ४७ जनाको कोरोना परीक्षण गरिएकोमा १९ महिला र ५३ पुरुष गरी ७२ जनामा सङ्क्रमण देखिएको हो । आज धनगढी उपमहानगरपालिकाका ३२ जनामा सङ्क्रमण देखिएको छ। यस्तै टीकापुर नगरपालिकाका ८ जना, गोदावरी नगरपालिकाका पाँच जना, जोशीपुर गाउँपालिका, गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकाका दुई दुई जनामा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। यसै गरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, महाकाली नगरपालिकाका ५ जना, शुक्लाफाँटा नगरपालिकाका ५ जना, पुर्नवास नगरपालिकाका दुई जना र स्थानीय तह नखुलेका एक जना पनि सङ्क्रमण पुष्टि भएको छ।

उता डडेलधुरामा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। डडेलधुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। अमरगढी नगरपालिका वडा नम्बर ८ का एक जना र धनुषाका एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।  डडेलधुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६४ जनाको कोरोना परीक्षण गरिएको छ। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जना, बेलौरी, पुनर्वास र झलारीका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।  उनका अनुसार दार्चुलाको ब्यासका थप एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रयोगशालामा चार सय ८२ जनाको कोरोना परीक्षण गरिएको थियो। उता बझाङ प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा सङ्क्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बझाङ प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको हो। योसङै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ७ सय ६२ पुगेको छ भने ६ हजार दुई सय बढिले कोरोना जितेका छन्। 

 

प्रकाशित:
2020/10/03, 6:44
SPA
KN
Priya Gahana Pasal