डिपिएल अनिश्चित समयका लागि स्थगित

dpl
फाइल तस्बिर गुगल ।
सुदूर प्रेस संवाददाता

धनगढी–चौथो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) अनिश्चित समयका लागि स्थगित भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले कात्तिक ८ देखी २२ गते सम्म गर्ने तयारी गरेको विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको जोखिमतथा सरकारले खेलकुदका गतिविधि तत्काल नखुलाउने निर्णय गरेका कारण उक्त निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भव जनाएको छ ।

डिसिएका अध्यक्ष सुवास शाहीले प्रतियोगिताको नयाँ मिति यथाशिघ्र चाँडो घोषणा गर्ने जानकारी पनि गराएको छ । यस अघि फागुन ३ देखि १५ गते सम्म हुने उल्लेख गरेपनि राष्ट्रिय क्रिकेट टोलीको व्यस्त अन्तर्राष्ट्रिय कार्य तालिकाको कारण कात्तिक सम्म सारेको जनाएको थियो ।

६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहँदै आएको प्रतियोगिताको अघिल्लो संस्करण सिवाइसी अत्तरियाले जितेको थियो । अत्तरियाले फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । देशकै सर्वाधिक राशीको प्रतियोगिता समेत रहेको डिपिएलको अघिल्लो विजेता सिवाइसी अत्तरियाले ३० लाख रुपैयाँ हात पारेको थियो ।

यसअघिका दुवै संकरणको उपाधि साविक धनगढी टिम चौराह हाल ९धनगढी स्टार्स० ले जितेको थियो । रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन्स, धनगढी स्टार्स, सीवाईसी अत्तरिया र विराटनगर किंग्स गरि ६ फ्रेन्चाइज टिम रहेका छन् ।

सुदूरपश्चिमाञ्चल एकेडेमी ९एसपीए० ले आयोजना गर्दै आएको एसपीए कप र धनगढी क्रिकेट एकेडेमी ९डीसीए० को आयोजनामा हुँदै आएको धनगढी क्रिकेट लिग (डीसीएल) लाई संयोजन गर्दै २०१७ देखि धनगढी प्रिमियर लिग ९डीपीएल० आयोजना हुँदै आएको छ ।

प्रकाशित:
2020/10/04, 4:57