कोरोनाबाट पाँच दिनको शिशुसहित ७ जनाको मृत्यु

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कोरोनाबाट पाँच दिनको शिशुसहित २४ घन्टामा ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मकवानपुरको ५ दिनकी बालिकासहित देशभर ७ जनाको मृत्यु भएको जानकारी दिइएको हो ।  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा निधन हुनेको संख्या ४ महिला र ३ पुरुष रहेको जनाए । मृतकमा काठमाडौं, ललितपुर र बाँकेमा १ र १ पुरुष, मकवानपुरमा बालिका, चितवन, बाँके र कन्चनपुरमा १र१ महिला छन् ।

प्रकाशित:
2020/10/04, 5:35