धनगढी–सुदूरपश्चिममा आज २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा दुई सय ८१ जनाको कोरोना परीक्षण भएकोमा २२ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
धनगढी उप–महानगरपालिका–२, ३, ५, ६ र १५ का एक/एक जना, जोशीपुर गाउँपालिकाका ५, चुरे गाउँपालिकाका तीन, गोदावरी नगरपालिकाका दुई जना, गौरीगंगा र टीकापुर नगरपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जना, पुनर्वास नगरपालिकाका र डोटीको केआईसिंह गाउँपालिकाका एक÷एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।