नेपालमा कोरोनाबाट थप १९ जनाको मृत्यु, मृतकको संख्या ५ सय ५४ पुग्यो

Corona Update
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–कोरोना संक्रमणबाट २४ घण्टामा थप १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा मृतकमा ५ जना महिला र १४ जना पुरुष रहेको प्रवक्ता डा जागेश्वर गौतमले बताए । कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौँका ९ जनाको मृत्यु भएको छ जसमा ७६ वर्षीया, ८१ वर्षीया र ८३ वर्षीया गरी ३ जना महिला रहेका छन् भने पुरुषमा २६ वर्षीय, ६५ वर्षीय, ६७ वर्षीय, ७८ वर्षीय, ८१ वर्षीय र ९१ वर्षीय रहेका छन् । त्यसैगरी ललितपुरका ३ वर्षीय बालक, ५५ वर्षीय पुरुष र ७१ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी चितवनका ६२ वर्षीय, गोरखाकी ४५ वर्षीया महिला, नवलपरसाीपूर्वका ३६ वर्षीय पुरुष , सर्लाहीका ४२ वर्षीय र ६९ वर्षीय पुरुष, पर्साकी ६५ वर्षीया महिला र सुनसरीका ५५ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ५५४ पुगेको छ ।

प्रकाशित:
2020/10/05, 5:01