रुपन्देही – प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभाबाट दुइ तिहाइ बहुमतले पास भएको छ । प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ । प्रदेश सभाका ८७ सदस्यमध्ये मङ्गलबारको मतदान प्रक्रियामा ८२ जनाले भाग लिएका हुन् । संविधानअनुसार दुई तिहाइ बहुमतले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ चयन भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभयो । प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्तावमाथि भने अहिले मतदान भइरहेको छ । प्रदेशको नाम भने निश्चित जस्तै नै छ ।
आजको मिति