सुदूरपश्चिम प्रदेशमा साढे ६ हजार बढी मानिसले कोरोना जिते

एक हजार ७४ जना सक्रिय सङ्क्रमित
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा साढे ६ हजार बढी मानिसले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा हाल सम्म ७ हजार ७ सय ८० जनामा कोरोना सङ्क्रमण भएको थियो । ती मध्ये ६ हजार ६ सय ८८ जना सङ्क्रमित निको भएका हुन । स्वास्थ्य निर्देशनालयका अनुसार  प्रदेशमा अहिले एक हजार ७४ जना सक्रिय सङ्क्रमित रहेका छन्। 

 सबैभन्दा धेरै सङ्क्रमित रहेको कैलालीका दुई हजार दुई सय ३० जनाले कोरोना जितेका छन् भने पाँच सय ७० जना सक्रिय सङ्क्रमित रहेका छन्।

यस्तै अछामका एक हजार ३१ कोरोना मुक्त भएका छन् भने ५२ जना सक्रिय केस, डोटीका नौ सय ८३ कोरोना मुक्त भएका छन् भने एक सय २४ सक्रिय केस, कञ्चनपुरका सात सय ६५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने ९९ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

बाजुरामा सङ्क्रमण पुष्टि भएका चार सय ५१ जनाले नै कोरोना जितेका छन्। बझाङका चार सय ४१ जनाले कोरोना जितेका छन् भने एक सय नौ सक्रिय सङ्क्रमित, बैतडीका तीन सय ९१ जनाले कोरोना जितेका छन् भने ३३ जना सक्रिय सङ्क्रमित, डडेलधुराका तीन सय २५ जनाले कोरोना जितेका छन् भने १२ जना सक्रिय सङ्क्रमित, दार्चुलाका ७१ जना सङ्क्रमित डिस्चार्ज भएका छन् भने ७३ सक्रिय सङ्क्रमित रहेका छन्। 

चार महिनाको अवधिमा सुदूरपश्चिमका २३ जना सङ्क्रमितको मृत्यु भएको छ। कैलालीका नौ, अछामका ५, बझाङका तीन, बाजुराका दुई, कञ्चनपुर, बैतडी र डडेलधुराका एक एक जना सङ्क्रमितको मृत्यु भएको हो। त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्।

प्रकाशित:
2020/10/08, 8:46