भदौ यता सुदूरपश्चिमका दुई नाकाबाट झन्डै ३४ हजार नेपाली भारत गए

लक डाउनमै फर्किएकाहरू पनि स्वदेश रोजगारी नपाएपछि भारत जान बाध्य
Bharat jadai nepali
कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा भारत जानका लागी आफ्नो नाम लेखाउन लाइन लागेका नेपाली ।

धनगढी–भदौ यता सुदूरपश्चिमका विभिन्न नाकाबाट झन्डै ३४ हजार नेपाली भारत गएका छन् । कैलालीको त्रिनगर गौरीफन्टा नाका र कञ्चनपुरको  गड्डा चौकी नाकाबाट भदौ देखि असोज २३ गते सम्म ३३ हजार ८ सय ३८ नेपाली भारत गएका हुन । कैलालीको गौरीफन्टा बाट मात्रै २९ हजार नेपाली भारत गए भने गड्डा चौकी नाकाबाट ४ हजार ८ सय जना भारत गएको प्रहरी सँग तथ्याङ्क छ । दैनिक एक हजारको हार हारीमा नेपालहिरु भारत गइरहेका छन् । लक डाउनमै स्वदेश फर्किएकाहरू पनि स्वदेशमा रोजगारी नपाएपछि भारत जान बाध्य भएका हुन । 

भारतमा कोरोना भाइरसको संक्रमण फैलिएपछि चैतदेखि साउनमहिनासम्म हुलका हुल नेपाली सुदूरपश्चिमका नाकाबाट स्वदेश फर्किए । कतिपय ज्यान जोगाउनकै लागि त कतिपय रोजगारी गुमेपछि घर फर्किन बाध्य भए । तर भदौ महिना लागेपछि पहिलेको दृश्य बदलियो । स्वदेश फर्किए ती हुलका हुल मानिस त्यसैगरी भारततिरै पुन जानथाले । कोरोनाका कारणस्वदेशमा रोजगारीका कुनै अवसर नपाएपछि जोखिम मोलेरै उनिहरु भारत जान बाध्य छन् । उनिहरुलाई स्वदेशमै रोजगारी सृजना गर्ने तर्फ सरकारले चासो नै दिएको छैन । रोग भन्दा पनि भोकले नै मरिने भएपछि नजिकिएको चाडवाडकोसमेत परवाह नगरी  कोरोना भाइरसको जोखिम पनि परिवार छोडेर भारत पस्न बाध्य छन् । 
भारतमा कोरोना भाइरसको संक्रमण ब्यापक फैलिएपछि काम गर्दै गरेको उद्योग बन्द हुँदा कैलालीको लम्कीका झपेन्द्र  रावल मुब्बइबाट तेब्बर भाडा खर्चेर घर फर्किए । १४ दिन क्वारिन्टनमा कष्ट झेले ।  दुई मिहना जेनतेन घर परिवार पाले पनि त्यसपछि घर खर्च चलाउनै उनलाई मुस्किल प¥र्यो  । स्थानीय स्तरमा रोजगारीका लागिदिन रात नभनीधेरै ठाउँमा धाए तर कतै केही काम पाएनन्  । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि दुई हजार खर्चेर फाराम पनि भरे।त्यसमा पनिउनले काम गर्ने अवसर पाएनन्। त्यसपछि परिवार छोडेर उनी फेरि भारत जान बाध्य भए । 
उनि मात्र होइन यस्तै कष्ट झेलेर स्वदेश फर्किएकाहरु यहाँ रोजगारीका कुनै अवसर नपाउँदा फेरि भारत गइरहेका छन् । रोग भन्दा पनि बिहानबेलुकाको छाक टार्न नसक्दा चाडबाडको मुखैमा जहान परिवार छोडेर भारत जानुपरेको उनिहरुको दुःखेसो छ । 

कोरोना भाइरसको   महामारीले निम्त्याएको संकटपछि फर्किएकासमेत छाक टार्नै समस्या हुँदा जोखिम मोलेरै भारत गइरहेका छन् । तर यस्तो विषम परिस्थितिमा पनि रोजगारी सृजना गर्ने तर्फसरकारले कुनै ध्यान दिएको छैन् । अझ सरकारी स्तरबाट दिइने राहत र रोजगारीमासमेत पहुँचवाला र नेता कार्यकर्ताको हाली मुहालीले गर्दा दुई छाक टार्न कै लागि गरिब, मजदुर कोरोना भाइरसको यो महामारीमा ज्यानकोसमेत प्रबाह नगरी विदेशिन बाध्य भएका हुन् । आफ्ना नागरिक चाडवाडकाबेला लर्केताँत लागेर महामारी फैलिएकै ठाउँमा गइरहदासमेत सरकार वेखबर बनेर बसेको छ । 

प्रकाशित:
2020/10/10, 8:48