सुनको भाउ आज घटबढ भएन

Gold
सुदूर प्रेस संवाददाता

धनगढी–सुनको भाउ आज घटबढ भएको छैन । सुन आज तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ नै थियो । सुनको भाउ स्थिर रहे पनि चाँदी भाउ भने आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रकाशित:
2020/10/15, 11:42