धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा घाइते भएकी महिलाको मृत्यु

death
सांकेतिक तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी– धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएकी महिलाको आज मृत्यु भएको छ।   बुधवार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाइते भएकी ६५ बर्सिया बर्मादेवी विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले उनको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको जानकारी दिए। विस्फोटमा परी  घाइते अवस्थामा रहेका मृतकका श्रीमान् हरी लाल विष्ट र उनकी नातिनीको अवस्था भने खतरामुक्त छ।

उनीहरूको पनि काठमाडौँमै उपचार भइरहेको  छ ।  बुधवार बिहान हरिलालले बजारबाट सिलिन्डर ल्याएर रेगुलेटर लगाउने क्रममा ग्यास लिक भएको जनाउँदै प्रहरी नायब उपरीक्षक विष्टले सोही बेला ग्यास बाल्दा भान्छामा जम्मा भएको ग्यास विस्फोट भएको बताए। पर्याप्त हावा नभएको कोठामा ग्यास लिक भएकै अवस्थामा बाल्दा एक्कासि विस्फोट भएर भान्छा कोठाको छत उडाएको र भित्ता समेत भत्काएको छ । 

ग्यास सिलिण्डर पड्किँदा क्षतिग्रस्त भएको घर

gys

दुर्घटना पछि बुधबार धनगढीमा उपचाररत घाइतेहरु

 

प्रकाशित:
2020/10/15, 3:12