धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर १५ को सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ। वडा अध्यक्ष फुलराम चौधरीको अध्यक्षमा भएको कार्यक्रममा स्थानीय बासिन्दा,राजनीतिक दलका प्रतिनिधि लगायतको उल्लेख्य सहभागिता रहेको थियो । सो अवसरमा वडा कार्यालयले हाल सम्म गरेका विभिन्न र आगामी दिनमा गर्नुपर्ने कार्यक्रम बारे समीक्षा भएको थियो। सहभागीले सोधेका प्रश्नको वडाध्यक्ष चौधरीले जवाफ दिएका थिए। सो अवसरमा बोल्दै अध्यक्ष चौधरीले स्थानीय दिएका सल्लाह सुझावका आधारमा आगामी दिनमा कार्यक्रम सञ्चालन गर्ने बताएका थिए ।
आजको मिति