आज दशैंको छैठौं दिन : माता कात्यायनीको पूजा गरिंदै

dASHAIN
सुदूर प्रेस संवाददाता

धनगढी - आज नेपाली चाड बडा दशैंको छैठौं दिन । आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैं घरमा पूजा अर्चनासहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ ।

प्रकाशित:
2020/10/22, 7:44