समय अगावै काम सम्पन्न गर्ने निर्माण व्यवसायी सेठी १५ औँ पटक सम्मानित

prakash sethi
सुदूर प्रेस संवाददाता

धनगढी–निर्माण ब्यावसायीको ढिला सुस्ती कारण मुलुकमा कयौँ विकास निर्माणका काम अलपत्र छन् । दर्जनौँ ठेक्का लिने अनि बिचमै काम छोड्ने  र गुणस्तरीय काम पनि नगर्ने प्रवृत्तिले आम  नागरीकले हैरानी पनि खेप्नु परेको छ । कतिपय यस्ता व्यवसायी कारबाही र कालो सूचिमा परेका छन् । तर कैलालीका एक जना निर्माण व्यवसायी प्रकाश बहादुर सेठी जो निर्धारित समय अगावै गुणस्तरीय काम गरे बापत हाल सम्म १५ पटक सम्मानित भइसकेका छन् । 

Image may contain: 7 people

Image may contain: 1 person

Image may contain: house and outdoor

सम्झौता मिति भन्दा  छ महिना अघि सम्पन्न भएको नेपाल टेलिकम मंगलसैन अछामको कार्यालय

Image may contain: sky, house and outdoor

सम्झौता मिति भन्दा  ३ महिना अघि सम्पन्न भएको  मंगलसैन नगरपालिकाको भवन

Image may contain: one or more people, people sitting and indoor

टिकापुर बसपार्क हस्तान्तरण

Image may contain: one or more people, people standing and outdoor

 

शुक्रवार कैलालीको चुरे गाउँपालिकाले पनि निर्धारित समय अगावै काम सम्पन्न गरेपछि भव्य समारोह बिच सम्मान गरेको छ ।  भवन उद्घाटन गर्न पुगेका नेपाल  सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले निर्माण व्यवसायी सेठी लाई सम्मान गरेका हुन् । राजेन्द्र रोयल जेभीका सञ्चालक सेठीले ठेक्का सम्झौता अघि नै काम सम्पन्न गरेपछि मन्त्री भट्टले प्रशंसा पत्र  सहित सम्मान गरेका हुन ।

Image may contain: 2 people, people standing

सेठीले  यसअघि जिल्ला प्रहरी कार्यालय नवलपुरको भवन, सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीबाट कार्यान्वयन भएको टीकापुर बसपार्क, कञ्चनपुरको त्रिभुवन बस्ती स्वास्थ्य चौकी भवन, कालिका स्वास्थ्य चौकी भवनको काम पनि सम्झौता अगाडी नै सम्पन्न गरेपछि सम्मानित भएका थिए ।

यस्तै पुर्नवास नगरपालिका भवन, सुर्खेतको मेलकुना सिटी हल, उच्च सरकारी वकिलको कार्यालय भवन सुर्खेत, उच्च सरकारी वकिलकै कार्यालय भवन नेपालगन्ज, सुर्खेतकै गुमी स्वास्थ्य चौकी भवन, सानी लेक स्वास्थ्य चौकी भवन, घाट गाउँ स्वास्थ्य चौकी भवन, दह चौर स्वास्थ्य चौकी भवन सुर्खेत र सुर्खेतकै रानी बास स्वास्थ्य चौकी भवनको काम पनि सम्झौता अवधि अगाडी नै सम्पन्न गरी हस्तान्तरण गरिएको थियो । यसरी निर्माणको काम समयमै र गुणस्तरीय गर्ने सेठीको कामको अनुसरण अरू ब्यावसायीले पनि गर्न जरुरी छ । 

 

प्रकाशित:
2020/10/23, 7:33