धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप १ सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ हजार १ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ११ जना, डडेलधुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १४, अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा ४ र जिल्ला अस्पताल बझाङ प्रयोगशालामा थप ३ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा ६ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ११ जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा बढी धनगढी उपमहानगरपालिका ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिकाका १६ महिला र २९ पुरुष गरी ४५ जनामा सङ्क्रमण पुष्टि भएको छ तर उनीहरूको वडा खुलेको छैन ।
यस्तै गोदावरी नगरपालिका २९ जना, कैलारी गाउँपालिकाका ६ जना, घोडाघोडी, लम्की चुहा र टीकापुर नगरपालिकाका ३र३ जना, गौरीगंगा नगरपालिकाका २ र स्थानीय तह नखुलेका १ जनामा पनि सङ्क्रमण देखिएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाका ५ जना, शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकाका ३र३ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।
बैतडीको दशरथ चन्द नगरपालिकाका १ जना, डोटीको शिखर नगरपालिका र केआइसिह गाउँपालिकाका १र१ जना, कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका १ जना र स्थानीय तह नखुलेका कञ्चनपुरकै १ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।
यो सँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ९ हजार१ सय ८० पुगेको छ। सङ्क्रमित मध्ये ७ हजार ५ सय ४ जनाले कोरोना जितेका छन् । प्रदेश भरी १ हजार ६ सय ५५ जना सक्रिय सङ्क्रमित छन् ।