धनगढी– धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना ब्यावसायीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । डोटीको दिपायलमा रहेको जेभि आयल स्टोरका सञ्चालक कर्णबहादुर भण्डारीको कोरोना सङ्क्रमणका कारण शनिवार मृत्यु भएको सेती प्रादेशिक अस्पताले जानकारी दिएको छ ।
निमोनियाका बिरामी रहेका भण्डारीको आइसियुमा उपचार हुँदै थियो । कोरोनाको रिपोट नेगेटिभ आएपछि उनलाई जनरल आइसियुमा सारिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । कोरोना रिपोट नेगेटिभ आएपछि खुसी भएका थियौँ– मृतकका एक जना आफन्तले भने फेरि एक्कासि मृत्यु भयो केही बुझ्नै सकिएन ।