बझाङमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

Corona Update
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

बझाङ–बझाङमा  एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जय पृथ्वी नगरपालिका वडा नम्बर ८ का २८ वर्षीय युवकमा सङ्क्रमण पुष्टि भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका युवकको शनिवार बिहान मृत्यु भएकोमा सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्दीप ओखेडाले बताए । उनी झन्डै १ हप्तादेखि अस्वस्थ्य थिए । उनमा सङ्क्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरिएको जनाएको छ ।   यस्तै मृतक चालकका गाडी धनीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने लगायतका लक्षण देखिएपछि उनलाई धनगढी रेफर गरिएको छ ।

प्रकाशित:
2020/10/25, 3:49