यस्तो छ सुदूरपश्चिममा कोरोनाको पछिल्लो अवस्था

कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार नाघ्यो,साढे ७ हजारले कोरोना जिते
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा कोरोना कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार नाघेको छ । हाल सम्म प्रदेशमा १ लाख ४ हजार ५ सय १ जनाको नमुना जाँच गरिएकोमा ९ हजार २ सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती मध्ये ७ हजार ५ सय ३५ जना निको भइसकेका छन् । प्रदेश भरी अब १ हजार ७ सय ३० जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये सबैभन्दा बढी ८ सय ६७ जना सक्रिय सङ्क्रमित  कैलालीमा छन् । विभिन्न अस्पतालमा ८२ जना सङ्क्रमित बिरामी उपचाररत छन् । अरू होम आइसोलेसनमा बसेका छन् । सोमबार सम्म २१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । 

हेर्नुहोस् यस्तो छ सुदूरपश्चिममा कोरोना सङ्क्रमणको हाल सम्मको बिबरणः–

                          स्रोत–सामाजिक विकास मन्त्रालय

प्रकाशित:
2020/10/27, 7:20