बझाङमा वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ

सुदूर प्रेस संवाददाता

बझाङ–बझाङमा वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन् ।  जयपृथ्वी नगरपालिका वडा नम्बर ४ बाट विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा नगदर ७० हजार सहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले ७० हजार ७ सय ३० रुपया सहित जयपृथ्वी नगरपालिका ४ का वडाध्यक्ष गगन खाती लगायतका जुवाडेलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रकाशित:
2020/10/28, 10:16