डोटीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु

aringal
सुदूर प्रेस संवाददाता

डोटी — जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी पाँच वर्षीया छोरी मनिषा र तीन वर्षीया सिर्जना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
 घर नजिकैको रुखमा बसेको अरिंगालले टोकेर गम्भीर घाइते भएका दुवै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयबासी प्रेमबहादुर नेपालीले जानकारी दिए ।

प्रकाशित:
2020/10/28, 7:20