डोटीका ब्यावसायी तथा नेकपाका नेता केबी साउँदले गरे एक लाखको अक्षय कोष स्थापना

kp saud
सुदूर प्रेस संवाददाता

डोटी– नेपाल कम्युनिस्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउद (के.बी) ले दिपायल सिलगढी नगरपालिका–९ कलेनास्थित तेडी माध्यमिक विद्यालयमा  एक लाखको अक्षयकोष स्थापना गरेका छन् । सो नगरपालिकाका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयमा एक लाख दिने प्रतिबद्धताअनुसार  साउदले आफ्ना आमा इन्द्रादेवी साउद र बुबा खड्गबहादुर साउदको नाममा उक्त चेक नगरका वडा नं। ९ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर साउदलाई हस्तान्तरण गरे । बिकट ठाउँमा  गरिब दलित जेहनदार छात्र छत्राको पढाइका लागि सहयोग पुगोस् आर्थिक अवस्थाकै कारण पढाइबाट वञ्चित हुनु नपरोस् भन्ने उदेश्यले आफूले अक्षय कोष स्थापना गरेको साउँदले बताए । 

Image may contain: one or more people

प्रकाशित:
2020/11/01, 7:15