बैतडीमा आफ्नै गोरुले हानेर एक महिलाको मृत्यु

Death
सुदूर प्रेस संवाददाता

बैतडी–बैतडीमा आफ्नै गोरुले हानेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ निवासी ६० बर्सिया जयन्ती भण्डारीको खेतमा गहुँ छर्ने क्रममा गोरुले हानेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गम्भीर घाइते भएकी भण्डारीलाई उपचारका लागी डडेलधुरा ल्याइएको थियो । त्यहाँबाट धनगढी रेफर गरिएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको हिजो मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/11/05, 7:24