राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाकाे मानार्थ महारथीकाे उपाधि प्रदान

army
सुदूर प्रेस संवाददाता

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली  सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको छ ।  बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको हो । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आउनुभएको हो ।

नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थल सेनाध्यक्ष जनरल नरवणे १८ औँ सेनापति हुनुहुन्छ ।

यसअघि भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको थियो । सेनाध्यक्ष नरवणेले बिहीबार नै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा पनि रोप्नुभएकाे थियो । त्यसलगत्तै प्रधानसेनापति पूर्णचन्द्र थापा र स्थल सेनाध्यक्ष नरवणेबीच औपचारिक भेटवार्ता भएको थियो ।

स्थल सेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण पनि गर्नुुभएको थियो ।  

प्रकाशित:
2020/11/05, 7:36
SPA
KN
Priya Gahana Pasal