बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

Accident
सुदूर प्रेस संवाददाता

बैतडी–बैतडीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका वडा नम्बर २ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग १ ज ५१९२ नम्बरको बोलेरो जिप शनिवार राति पौने ८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी अन्दाजी ३३ वर्षीय वीर बहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका  प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।  दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ श्री कोटका जिप चालक दीपक चन्द सामान्य घाइते भएका छन् । जिप सडकबाट ४० मिटर तल खसेको छ ।उक्त जिपमा दुई जना मात्रै सवार रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित:
2020/11/07, 10:01