डडेलधुरामा बाघको आक्रमणबाट बालकको मृत्यु 

tiger
सुदूर प्रेस संवाददाता

डडेलधुरा–डडेलधुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । भागेश्वर गाउँपालिका–१ रुपालका १२ वर्षीय बालक दिल बहादुर साउदको बाघको आक्रमणबाट मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । घटना आइतबार बेलुकी करिब साढे ६ बजेतिरको हो । उनी आफ्नो घर भन्दा करिब पन्ध्र,बिस मिनेटको दुरीमा रहेको काकाको घरमा गएको बेला आँगनमा बाघले आक्रमण गरी मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/11/09, 6:51