डोटीमा छात्रा बलात्कार घटनाको मिसिल उच्च अदालतले झिकायो

सुदूर प्रेस संवाददाता

डोटी — विद्यार्थीमाथि बलात्कारको आरोप लागेका शिक्षकलाई जिल्ला अदालतले तारेखमा छाडेको मुद्दाको मिसिल उच्च अदालतले झिकाएको छ । उच्च अदालत दिपायलले शिक्षक सोपीनाथ भट्टमाथिको मुद्दासम्बन्धी सक्कल मिसिलका साथै कैफियत प्रतिवेदन बुझाउन जिल्ला अदालत डोटीलाई सोमबार आदेश दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय डोटीले आरोपित शिक्षक भट्टलाई पुर्पक्षका लागि तारेखमा छोड्ने जिल्ला अदालतको आदेश बदरका लागि उच्चमा पुनरावेदन गरेको थियो । पीडित छात्रा र उनका आफन्तले जिल्ला अदालतको आदेशले थप मर्माहित र पीडित बनाएको गुनासो राख्दै आएका थिए ।


केआई सिंह गाउँपालिका–४ स्थित झिमेमालिकाका भट्टमाथि १९ वर्षीया छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । शिक्षक भट्टमाथि विभिन्न प्रलोभन र धम्की दिई बलात्कार गरेको आरोप छ ।

प्रकाशित:
2020/11/09, 8:57