एन्डोरामाथि पोर्चुगलको ७ गोल

foot ball

एजेन्सी – पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पूर्ण खेलमा एन्डोरामाथि सानदार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा पोर्चुगल ७-० ले विजयी भएको हो ।

प्रशिक्षक फर्नान्डो सान्तोषले कप्तान क्रिस्टियानो रोनाल्डोलाई दोस्रो हाफमा उतारेको खेलमा पोर्चुगलले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ५ गोल थप्न सफल भएको थियो । पोर्चुगलका लागि पाउलिन्होले २ गोल गर्दा क्रिस्टियानो रोनाल्डो, जोआओ फेलिक्स, पेड्रो नेटो र रेनाटो सान्चेसले १-१ गोल गरे । एक गोल भने आत्मघाती भएको थियो ।

पोर्चुगललाई पहिलो हाफको आठौं मिनेटमा पेड्रो नेटोले अग्रता दिलाए । उनले सर्जियो ओलिभिएरको पासमा गोल गरेका थिए ।२९ औं मिनेटमा पाउलिन्होले अग्रता दोब्बर पारे । नेल्सन सेमेडोको पास सदुपयोग गर्दै उनले पोर्चुगललाई पहिलो हाफमा २-० ले अघि बढाए ।

दोस्रो हाफमा प्रशिक्षक सान्तोषले नेटोको स्थानमा रोनाल्डोलाई मैदान प्रवेश गराएका थिए । रोनाल्डोले दोस्रो हाफमा आफ्नो प्रभाव देखाउँदै फराकिलो जिततर्फ अग्रसर गराए ।

रोनाल्डोकै पासमा ५६ औं मिनेटमा रेनाटो सान्चेसले गोल गरेपछि पोर्चुगल सहज जिततर्फ उन्मुक भएको थियो । ६१ औं मिनेटमा पाउलिन्होले मारिओ रुइको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ७६ औं मिनेटमा एन्डोराका गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगल ५-० ले अघि बढ्यो ।


रोनाल्डोले ८५ औं मिनेटमा गोल गर्दै पोर्चुगलको आधा दर्जन गोल पूरा गरे । उनले पनि मारियोकै पासको सदुपयोग गरे । दुई मिनेट समय बाँकी रहँदा सिकेराको पासमा जोआओ फेलिक्सले गोल गर्दै ७-० को जित पक्का गरे ।

पोर्चुगलले अब नेसन्स लिग ‘ए’ ३ मा दुई महत्वपुर्ण खेलमा फ्रान्स र क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्ससँग घरेलु मैदानमा १५ नोभेम्बरमा तथा क्रोएसियासँग १८ नोभेम्बरमा पोर्चुगलले प्रतिस्पर्धा गदैछ ।

समूहमा अपराजित रहेको पोर्चुगलको ४ खेलबाट १० अंक रहेको छ । अपराजित नै रहेको फ्रान्सको पनि १० अंक रहेको छ । क्रोएसियाको ३ तथा स्वीडेन अंक विहीन छ ।

प्रकाशित:
2020/11/12, 6:14