आधिकारिक ट्रेड युनियन कैलालीको अध्यक्षमा विमल प्रकाश जोशी नियुक्त 

bimal
विमल प्रकाश जोशी
सुदूर प्रेस संवाददाता

धनगढी–निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कैलालीको अध्यक्षमा विमल प्रकाश जोशी नियुक्त भएका छन् । यस अघिका अध्यक्ष प्रेम बहादुर बोगटीको अनिवार्य अवकाश भएपछि सर्वसम्मत रूपमा जोशीलाई चयन गरिएको हो । नव नियुक्त अध्यक्ष जोशीले  कर्मचारीको हकहितका लागी इमानदारी पूर्ण प्रयत्न गर्ने र सरकारद्वारा कर्मचारी समायोजनका सन्दर्भमा गरिएका अमिल्दा निर्णय लाई  सही दिशामा ल्याउन आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । जोशी हाल जिल्ला समन्वय समिति (जिसस) कैलालीमा नायब सुब्बा पदमा कार्यरत छन् । जोशी इमानदार  र आम सेवाग्राहीको काम छिटो छरितो  गर्ने कर्मचारीका रूपमा पनि परिचित छन् । 

प्रकाशित:
2020/11/14, 12:57