बैतडी बस दुर्घटनाका मृतक परिवारलाई जनही ५० हजार किरिया खर्च

सुदूर प्रेस संवाददाता

बैतडी–बैतडीको दशरथ चन्द राजमार्गअन्तर्गत बैतडीको खोड्पेमा भएको बस दुर्घटनामा मृत्यु भएका सबैका परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीमा पवनदूत अटो म्यानेजमेन्ट प्रालिले जनही ५० हजारका दरले किरिया खर्च उपलब्ध गराएको हो।  बैतडीको पाटन नगरपालिका–८ खोड्पेस्थित दशरथ चन्द राजमार्गमा बिहीबार राति बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको थियो। ज्यान गुमाउने सबैको परिवारलाई किरिया खर्च दिइएको पवनदूत अटो म्यानेजमेन्ट प्रालिका प्रबन्धक वीरेन्द्र बहादुर शाहले बताए। अटो म्यानेजमेन्ट प्रालिको ना५ख ५१४१ नम्बरको बस दुर्घटनामा परी ३४ जना घाइते भएका छन्। 

प्रकाशित:
2020/11/14, 2:41