कोरोनाबाट थप ६ जनाको मृत्यु, १ हजार ४७७ जनामा संक्रमण

Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । २४ घण्टामा विभिन्‍न जिल्लामा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार औपचारिक रुपमा पुष्टि गरेको हो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ९ हजार ७७६ संक्रमितको संख्या पुगेको छ । 

त्यसैगरी २४ घण्टामा २ हजार ७९८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ७३ हजार ४३० संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार १२५ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २१ जना रहेका छन् ।
 

प्रकाशित:
2020/11/15, 5:19