‘थ्रोट स्वाब’ सङ्कलन नहुँदा पछिल्लो २४ घण्टा धनगढी प्रयोगशालामा कोरोना परीक्षण भएन

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–‘थ्रोट स्वाब’  सङ्कलन नहुँदा पछिल्लो २४ घण्टामा धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक जनाको पनि कोरोना परीक्षण हुन सकेको छैन । तिहारको दिन ‘थ्रोट स्वाब’  संकलन नभएका कारण परीक्षण नभएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । हिजो बाट स्वाब सङ्कलन सुरु भइसकेको उनले बताए । परीक्षण गर्नका लागी कम्तीमा एक सय वटा ‘थ्रोट स्वाब’ चाहिन्छ सूचना अधिकारी श्रेष्ठले भने–हिजो ४५ जनाको मात्रै सङ्कलन भयो त्यस कारण परीक्षण हुन सकेन ।  आजबाट नियमित परीक्षण सुरु भइसकेको उनले जानकारी दिए । 

Image may contain: text that says "विज्ञति यस सेती प्रादेशिक अस्पतालको कोरोना भाइरस (COVID-19 २०७७/०५/०३ गते अपरान्ह १.३० बजे सम्मको पछिल्लो विवरणे? प्रादेशिक हालसम्मको आईशोलेशनमा उपचाररत डिस्वार्ज ४६४ प्रयोगशालामा हालसम्म परिक्षण सम्बन्धि आज मिति भएको मृत्यु घण्टामा भएका कोभिड गरिएको संख्या घण्टामा संक्रमित लागेको हालसम्मको कोभिड १९ नेगेटिभ संख्या ५६५६० सि.नं. ठेगाना पोजेटिभ विरामीहरुको पछ्िल्लो विवरण: हालसम्मको कोभिड पोजेटिभ संख्या ५२६४ (४९३६ अन्यत्र स्थानको स्याम्पल) महिला पुरुष जम्मा सि.नं. धनगढी, कैलाली गौरीगंगा कलाली कैलाली जोशीपर २९.४९,५७,३३,४२,२०,२५,६ पुरुष ४० जम्मा गौरीगंगा, कचनपुर कंचनपुर १६ ૧ ६०,७०,७૧ ३६ ७५ ३० ७२ अपिहिमाल ४३ २६ दोगडाकेदार, बैतडी ७० ३६ गरिनेद्ध ९६५६४२२६३४ जानकारीको १६ गानुहोला कोभिड अस्पताल अधिकारी"

प्रकाशित:
2020/11/18, 2:09