१ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ–बितेको २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सोही समयावधिमा ३ हजार ५ सय ३८ जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १ हजार २ सय ५९  पुगेको छ।

प्रकाशित:
2020/11/18, 4:26