धनगढीमा बसको ठक्करबाट युवतिको मृत्यु,एक जना घाइते

death
प्रतिकात्मक तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा आज साँझ एक युवतीको मृत्यु भएको छ । एक जना घाइते  छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा रहेको पुरवार पेट्रोल पम्प नजिक बाट  कञ्चनपुरको बेलौरी जाँदै गरेको ना ५ ख ८९३२ नम्बरको पवनदुत यातायातको बसले भे प १५२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दियाको ठाकुर बाबा नगरपालिका २ बलादीकी २१ बर्सिया तुलसी पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता, प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।  घटना पछि गम्भीर घाइते उनको  उनको नवजीवन अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुर्खेतको वीरेन्द्र नगर नगरपालिका ११ का २१ वर्षीय मदन ढकाल घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ । बस चालक कृष्णपुर नगरपालिका वडा नम्बर २ का २६ वर्षीय नरेन्द्र रतुकी र बसलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/11/18, 8:59