धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमितको गए राती मृत्यु

फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा उपचारका क्रममा गए राती एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ का ७३ वर्षीय पुरुषको राती करिब साढे १२ बजे उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । गम्भीर अवस्थामा  दिउँसो ११ बजे उनलाई उपचारका लागी अस्पताल ल्याइएको थियो । दिउँसो स्वाब  सङ्कलन गरियो र राती रिपोट पोजेटिभ आएको थियो ।  उनमा निमोनिया सम्बन्धि पनि समस्या थियो । उनको शब अहिले अस्पतालमै राखिएको छ । शव व्यवस्थापनको तयारी भइरहेको छ । यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । 

प्रकाशित:
2020/11/19, 6:56