सुदूरपश्चिममा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १७ सय नाघ्यो, ७० जना अस्पताल भर्ना

सबै भन्दा बढी सक्रिय सङ्क्रमित कैलालीमा
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिममा सक्रिय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ५ पुगेको छ । ती मध्ये सबै भन्दा बढी कैलालीमा ७३४ जना छन् । त्यस्तै कञ्चनपुरमा ११३, डोटीमा १४५,दार्चुलामा २१३,डडेलधुरा ११२, बाजुरा १९, बझाङ २२४,बैतडी ४८ र अछाममा ७३ जना छन् । २४ जना अन्य जिल्लामा छन् । सक्रिय सङ्क्रमित मध्ये ७० जना अस्पताल भर्ना भएका छन् । उनीहरू मध्ये १ जनाको भेन्टिलेटर र ६ जनाको आइसियुमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । १ हजार ४४२ जना सङ्क्रमित घरमै बसेका छन् । सुदूरपश्चिममा हाल सम्म १० हजार ५६७ जनामा कोरोना सङ्क्रमण भएको छ । ती मध्ये ८ हजार ८३० जना निको भइसकेको छन् । आज सम्म सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित:
2020/11/19, 8:34