सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

him pat
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बेलुका पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । राति अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ ।

आज दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा नै हुने उहाँले बताउनुभयो । 

प्रकाशित:
2020/11/22, 8:47