बझाङमा भीरबाट लडेर एक युवतीको मृत्यु

Death

बझाङ–बझाङमा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । 

बुंगल नगरपालिका ६ जुजुनैका २० वर्षीया करिस्मा सिंहको  आइतबार दिउँसो गोठालो गएको बेला भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनी भिरबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । उनी छारे रोगबाट समेत ग्रस्त रहेको जनाइएको छ । 

प्रकाशित:
2020/11/22, 8:41