ललितानिवास जग्गा प्रकरण : पूर्वमन्त्री जोशीलाई विशेष अदालतले साधारण तारेखमा छोड्यो

chandra dev joshi
सुदूर प्रेस संवाददाता

काठमाडौँ–बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दा लागेका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई विशेष अदालतले साधारण तारेखमा छोडेको छ ।

सोमबार विशेष अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र बोलेन्द्र रुपाखेतीको इजलासले पूर्वमन्त्री जोशीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । 'उहाँ आफैं उपस्थिति हुनुभएको थियो । उहाँलाई साधारण तारेखमा छोड्ने आदेश भएको छ,' उनले भने ।

प्रवक्ता पाण्डेका अनुसार हालसम्म उक्त प्रकरणका ५० भन्दा बढी प्रतिवादी विशेष अदालतमा उपस्थित भइसकेका छन् । ललिता निवास प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

छोटो समयका लागि भूमिसुधारमन्त्री भएका जोशीका पालामा पनि सरकारी जग्गा व्यक्तिका नाममा गएको थियो । जसको आधारमा उनीविरुद्ध पनि मुद्दा दायर भएको थियो ।

प्रकाशित:
2020/11/23, 9:32