डडेलधुरामा सुस्त मनस्थितिकी महिला बलात्कृत

सुदूर प्रेस संवाददाता

डडेलधुरा — डडेलधुराको नवदुर्गा गाउँपालिका–१ मा सुस्त मनस्थितिकी ३० वर्षीया महिला बलात्कृत भएकी छन् ।

प्रहरीका अनुसार बुधबार राति ८ बजेतिर मेलाबाट फर्किरहेका सोही ठाउँका ३३ वर्षीय टेकबहादुर दमाईं र नाम नखुलेका अर्का युवकले महिलालाई बलात्कार गरेका हुन् ।


‘गोठबाट फर्किरहेकी बोल्न नसक्ने महिलालाई तानेर बलात्कार गरेको बुझिएको छ,’ डडेलधुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले भने, ‘घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।’

बिहीबार पीडित महिलाकी भाउजूले जाहेरी दिएपछि आरोपित दमाईंलाई पक्राउ गरेको हो । घटनामा संलग्न अर्का व्यक्ति भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित:
2020/11/27, 12:27