बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने किशोर कारागार बाटै फरार

farar
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

बझाङ–बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका किशोर फरार भएका छन्। 

मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका १६ वर्षीय राजेन्द्र बोहरा परार भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

उनलाई बाल सुधार गृहमा राखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि बाल सुधार गृहबाट अस्पतालको आइसोलेसनमा भर्ना गरिएका बोहरा त्यहाँबाट फरार भएपछि प्रहरीले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । 

बोहरा गत असोजमा बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका थिए। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। तर उमेर कम भएका कारण बोहरालाई बाल सुधार गृहमा राखिएको थियो।

बोहराले सम्झनाको हत्या गर्नु पूर्व मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको थियो। 

सो घटनामा गाउँमै मिलापत्र गराउने ८ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो। उनीहरू धरौटीमा छुटेका छन्। 

प्रकाशित:
2020/12/04, 7:38