बैतडी–बैतडीमा १० किलो लागु औषध चरेससहित १ जना लाई प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) को टोलीले गए राति पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट १० किलो लागु औषध चरेससहित १ जनालाई पक्राउ गरेको आरआइटी का इन्चार्ज प्रहरी नायब निरीक्षक केशव जोशीले जानकारी दिए ।
पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने–३० वर्षीय मानबहादुर धामी रहेको जोशीले जानकारी दिए ।
विशेष सूचनाका आधारमा बोकेर हिडदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जोशीले बताए ।