प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गते देखि आइपीओ निष्काशन गर्ने

insurence
सुदूर प्रेस संवाददाता

काठमाडौँ–प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारण नेपालीहरूलाई २०७७ मंसिर २९ गते देखि आइपिओ निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासन बन्द छिटोमा पौष २ गते र ढिलोमा पौष १३ गते हुनेछ । आइपिओ निष्कासन गर्न नेपाल धितो पत्र बोर्डबाट २०७७ मंसिर ११ गते बोर्डबाट स्वीकृति पाएको थियो ।

स्वीकृति पाएसँगै कम्पनीले जारी पुँजीको ३०% अर्थात् ६,०००,००० कित्ता आइपिओ सेयर रु १०० रुपैयाँको दरले सर्वसाधारणलाई जारी गर्नेछ । जस मध्ये ५% अर्थात् ३००,००० कित्ता कर्मचारीहरूलाई र ५% अर्थात् ३००,००० सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको ५४,००,००० कित्ता सेयर सर्वसाधारण नेपालीहरूलाई निष्कासन गरिएको छ ।

आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फतआवेदन दिन सक्नेछन् ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ । 

प्रकाशित:
2020/12/05, 8:09