कञ्चनपुर कारागारमा रहेका १० कैदीबन्दीमा कोरोना संक्रमण

karagar
सुदूर प्रेस संवाददाता

कञ्चनपुर –कञ्चनपुर कारागारमा रहेका १० कैदीबन्दीमा कोरोना संक्रमण भएको छ। उनीहरुमा रुघाखोकी र स्वासप्रश्वास समस्या देखिएपछि १५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो। 

रिपोर्टअनुसार १० जनामा संक्रमण पुष्टि भएको र पाँच जनाको नतिजा नेगेटिभ आएको कारागार शाखाका प्रमुख माया थापा(बस्नेत)ले बताइन्। संक्रमित भएका सबै पुरुष छन्। 

संक्रमण देखिएका सबैलाई कारागारमै अलग्गै ठाउँमा त्रिपाल टाँगेर शाैचालय, खानेपानीको व्यवस्था गरी राखिएको छ। ‘संक्रममितको अवस्था भने समान्य भएको थापाले बताइन्। उनीहरुमा लक्षण देखिएको छैन। ९० जनाको क्षमता रहेको कारागारमा ३ सय ९५ जनालाई राखिएको छ। 

जसमध्ये पुरुष ३ सय ७४ जना छन्। क्षमताभन्दा बढी कैदी राखिँदा अन्यमा पनि संक्रमण फैलिन सक्ने त्रास बढेको छ।

प्रकाशित:
2020/12/09, 8:16