कञ्चनपुरमा करिब २ लाख बढीको अवैध सामान बरामद

taskari
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरमा प्रहरीले करिब २ लाख बढीको अवैध सामान बरामद गरेको छ।

दोधारा चाँदनी नगरपालिका–१ र लाल झाडी  गाउँपालिका–१ इलाकाबाट भन्सार छलेर ल्याइएका  किराना खाद्यान्न समान, मोटरसाइकल र माछा गरी २ लाख ३३ हजार ८ सय बराबरको अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए। 

बरामद सामान पशु क्वारेनटिन त्रिनगर तथा भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा बुझाइएको उनले बताए । 

 

प्रकाशित:
2020/12/09, 8:48