सुदूरपश्चिम प्रदेशमा  थप १ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा ८ सय ९९ जनामा संक्रमण
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशमा शनिबार  थप १ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७१ जनाको परीक्षण गर्दा थप १ सय ७ जनामा संक्रमण पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ६६ जनाको नमूना परीक्षण गर्दा ६९ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा १६१ जनाको नमूना परीक्षण गर्दा २४ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा १२६ जनाको नमूना परीक्षण गर्दा १२ जना र जिल्ला अस्पताल बझाङमा १८ जनाको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको छ । 

यता धनगढी उप–महानगरपालिकाका थप १८ जनामा संक्रमण देखिएको छ । 

कैलालीकै टीकापुर नगरपालिकाका ८ जना, कैलारी गाउँपालिकाका ७ जना र गोदावरी नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ जना, शुक्लाफाँटा नगरपालिकाका १० जना, यस्तै बेदकोट नगरपालिका र बेलौरी नगरपालिकाका ३र३ जनामा पनि समेत संक्रमण पुष्टि भएको छ। 

त्यसैगरी डोटीका २ जना, यस्तै बझाङ, बैतडी र दार्चुलाका १र१ जनामा पनि संक्रमण पुष्टि भएको छ । 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार ६ सय ५६ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार ९ सय ६१ जनाले कोरोना जितेका छन् भने ६२ जनाको मृत्यु भएको छ।

नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ८ सय ९९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो ।


नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।


मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १३ सय ५९ जना डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।

सक्रिय संक्रमित ११ हजार ६ सय ७३ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १८ लाख २५ हजार ८ सय ६० भएको छ । देशभर ५ सय १९ जना क्वारेन्टीनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १५ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ८९ पुगेको छ ।

प्रकाशित:
2020/12/12, 7:23