सुदूरपश्चिममा सोमबार ७० जनामा कोरोना पुष्टि,नेपालमा थप १८ जनाको कोरोना बाट मृत्यु

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल, डडेलधुरा अस्पताल, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ८४ जनाको परीक्षण गर्दा थप ७० जनामा सङ्क्रमण पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ९७ जनाको नमुना परीक्षण गर्दा ५३ जना, कमल बजार नगरपालिकाको प्रयोगशालामा १ सय २८ जनाको नमुना परीक्षण गर्दा  ११ जना, जिल्ला अस्पताल बझाङमा ४१ जनाको नमुना परीक्षण गर्दा ४ जना र डडेलधुरा अस्पताल प्रयोगशालामा १८ जनाको परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको छ । 

आज धनगढी उप–महानगरपालिकाका थप ४१ जनामा सङ्क्रमण देखिएको छ । 

गोदावरी नगरपालिकाका २ जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका ४ जना, भीमदत्त नगरपालिकाका २ जना, त्यसै गरी शुक्लाफाँटा नगरपालिका र बेलडाडी गाउँपालिकाका १÷१ जनामा समेत सङ्क्रमण पुष्टि भएको छ।

उता बझाङ र बाजुराका १÷१ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ४ सय ४८ पुगेको छ  । १० हजार २० जना निको भइसकेका छन् । हाल सम्म  सङ्क्रमणबाट ४६ जनाको मृत्यु  भएको छ।

पछिल्लो २४ घण्टामा थपिए ८ सय २१ कोरोना संक्रमित, १८ को मृत्यु

 पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ५ हजार ४ सय २३ पीसीआर परीक्षण भएका छन् ।


मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ४२ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ५५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय १६ पुगेको छ ।

प्रकाशित:
2020/12/14, 9:05