बाक्लो  हुस्सु र सित लहरका कारण चिसो बढ्यो

cold
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी सहित यस आसपासका क्षेत्रमा आज बिहानै बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु सँगै बढेको सित लहरका कारण चिसो बढेको छ । 

तराईका क्षेत्रमा भने हुस्सु कुहिरो लागेको मौसमविद् गंगा नगरकोटीले बताए । उनका अनुसार आज प्रदेश १ र २ मा आज दिनभरि नै हुस्सु कुहिरो लाग्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने दिउँसो पनि हुस्सु हट्ने अनुमान छ । पहाडी क्षेत्रको मौसम आज सफा रहने जनाइएको छ । 

बिहानदेखि दिन भरिसम्म हुस्सु लाग्ने भएकाले चिसोबाट जोगिन मौसमविद्को सुझाव छ । 

प्रकाशित:
2020/12/15, 8:06