सुदूरपश्चिममा थप १ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि,नेपाल पछिल्लो २४ घण्टामा १३ को मृत्यु

धनगढी–चिसो बढे सँगै सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमण वढन थालेको छ । बुधवार थप १ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल, डडेलधुरा अस्पताल, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय २ जनाको परीक्षण गर्दा थप १ सय १ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ४ सय १ जनाको नमुना परीक्षण गर्दा ७१ जना, कमल बजार नगरपालिकाको प्रयोगशालामा ४७ जनाको नमुना परीक्षण गर्दा २६ जना, जिल्ला अस्पताल बझाङमा ४५ जनाको नमुना परीक्षण गर्दा ३ जना र डडेलधुरा अस्पताल प्रयोगशालामा ९ जनाको परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको छ । 

 बुधवार कैलालीका ३५ र कञ्चनपुरका ३२ सहित ७१ जनामा सङ्क्रमण पुष्टि भएको बताए। उनका अनुसार धनगढी उप–महानगरपालिकाका थप २० जनामा सङ्क्रमण पुष्टि भएको छ।

यस्तै गोदावरी नगरपालिकाका ४ जना, टीकापुर नगरपालिका, मोहन्याल गाउँपालिका र जानकी गाउँपालिकाका ३र३ जना, गौरीगंगा नगरपालिका र लम्किचुहा नगरपालिकाका १र१ जनामा समेत सङ्क्रमण पुष्टि भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका १७ जना, दोधारा चाँदनी नगरपालिकाका ७ जना, बेदकोट नगरपालिकाका ४ जना, यस्तै पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका २र२ जनामा सङ्क्रमण देखिएको छ। 

बैतडीका ३ जना र डोटीका १ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ६ सय ४ पुगेको छ।  ती मध्ये  १० हजार १ सय ६ जनाले कोरोना जितेका छन् । २ हजार ४ सय ५२ जना सक्रिय सङ्क्रमित छन् । ६८ जना अस्पतालमा छन् अरु होम आइसोलेसनमा छन् । हाल सम्म ४६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

पछिल्लो २४ घण्टामा थपिए ७ सय ३६ कोरोना संक्रमित, १३ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ९१ महिला र ४ सय ४५ पुरुष रहेका छन् । योसँगै नेपालमा हालसम्म २ लाख ५० हजार ९ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ४९ हजार १ सय ३६ छ भने २४ घण्टामा ५ हजार ५ सय ५५ पीसीआर परीक्षण भएका छन् । देशभरि सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ छ । क्वारेन्टाइनमा रहनेको संख्या ४ सय ५२ रहेको छ ।

२४ घण्टामा ८ सय ४७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ३९ हजार ४ सय १६ जना घर फर्किसकेका छन् ।

त्यसैगरी २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संंक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ ।

 

प्रकाशित:
2020/12/16, 8:03