सुदूरपश्चिममा शनिवार थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल, डडेलधुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बझाङ अस्पताल र अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ७९ जनाको परीक्षण गर्दा थप ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ७३ जनाको नमुना परीक्षण गर्दा ४० जना, डडेलधुरा अस्पतालमा १२ जनाको नमुना परीक्षण गर्दा २ जना, जिल्ला अस्पताल डोटीमा १९ नमुना परीक्षण गर्दा १ जना, जिल्ला अस्पताल बझाङमा १५ नमुना परीक्षण गर्दा २  र कमल बजार नगरपालिकाको प्रयोगशालामा ६० जनाको नमुना गर्दा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

धनगढी उप–महानगरपालिकाका थप ८ जनामा सङ्क्रमण देखिएको छ। कैलालीको गौरीगंगा नगरपालिकाका १९ जना, गोदावरी नगरपालिकाका ४ जना, यस्तै घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकाका १र१ जनामा भाइरसको सङ्क्रमण देखिएको छ। 

उता कञ्चनपुरको बेदकोट नगरपालिकाका ५ जना, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकाका १र१ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

अछामको कमल बजार प्रयोगशालामा भएको परीक्षणमा जिल्लाको साँफेबगर नगरपालिका, मंगलसेन नगरपालिका, कैलालीको लम्किचुहा नगरपालिका र बैतडीको पुर्चौडी नगरपालिकाका १र१ जना गरी ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

 डडेलधुरा अस्पतालमा भएको परीक्षणमा अमरगढी नगरपालिकाका–५ का २ महिलामा कोरोना पुष्टि भएको छ । 

त्यसै गरी बझाङमा भएको परीक्षणमा जय पृथ्वी नगरपालिकाका २ जनामा सङ्क्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ८ सय ८ पुगेको छ। प्रदेशभर सङ्क्रमण पुष्टि भएका १० हजार २ सय ४२ जनाले कोरोना

जितेका छन् भने ४६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। 

२४ घण्टामा ७१० जनामा कोरोना पुष्टि, १ हजार १७५ कोरोनामुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म २ लाख ५३ हजार १८४ जनामा कोरोना संक्रमण देखिएको छ । 

हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ६६ हजार २१० छ । देशभरी सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ । क्वारेन्टाइनमा रहनेको संख्या ४२१ रहेको छ ।

२४ घण्टामा १ हजार १७५ कोरोनामुक्त, १२ को मृत्यु २४ घण्टामा १ हजार १७५ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४२ हजार ५६७ जना घर फर्किसकेका छन् ।

त्यसैगरी २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ ।

 

 

प्रकाशित:
2020/12/19, 8:51