जातीय विभेद अन्त्यका लागि धनगढीमा अन्तरक्रिया

antarkriya
सुदूर प्रेस संवाददाता

धनगढी– कैलालीको धनगढीमा जातीय विभेद अन्त्यका लागि अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

न्याय तथा अधिकार संस्था(जुरी) नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश सभाका सदस्यहरू, अधिकारीकर्मी, नागरिक अगुवा, दलित अगुवालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी सरोकारवालाले सुदूरपश्चिममा जातीय विभेद तथा छाउपडी प्रथाको विकराल स्वरूप रहेकाले त्यसको अन्त्यका लागि सबैको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए ।

अधिकारकर्मी चक्र विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी रहनु एको थियो ।

प्रकाशित:
2021/01/05, 7:18