ग्याँस चुलो तथा प्रेसर कुकर मर्मत सम्बन्धी तालिम सम्पन्न

tn j
सुदूर प्रेस संवाददाता

धनगढी – धनगढी उपमहानगरपालिका महिला विकास शाखाद्वारा आयोजित सातदिने ग्याँस चुलो तथा प्रेसर कुकर मर्मत सम्बन्धी तालिम आज सम्पन्न भएको छ।

 धनगढी उपमहानगरका विभिन्न वडाका २५ जना महिलाहरूको सहभागिता रहेको तालिम तालिममा डम्बर उपाध्याय र गोमा घिमिरेले प्रशिक्षण दिएका थिए।

 तालिम समापन समारोहमा बोल्दै प्रमुख अतिथि साहित्यकार तथा प्राध्यापक डा.टी एन जोशीले महिलाहरूलाई हरेक क्षेत्रमा सशक्त बनाउँदै लानु पर्ने बताए। उनले धनगढी उपमहानगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन विभिन्न रचनात्मक तथा सीपमूलक तालिममा जोडदिनु पर्ने बताए।

महिला विकास अधिकृत अनिता बुढाऐरको सभापतित्वमा सम्पन्न तालिम समापन समारोहमा प्रशिक्षक डम्बर उपाध्याय,महिला विकास अधिकृत पंकजा जोशी र कमला भट्टराईले मन्तव्य राखेका थिए।

No description available.

प्रकाशित:
2021/01/12, 6:39